Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पर्वले मेलमिलाप र बन्धुत्वको भावना विकास हुन्छ : पूर्वप्रधानमन्त्री खनाल


काठमाडौ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पर्वले मेलमिलाप र बन्धुत्वको भावना विकास हुने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ग्याल्पो ल्होछारको शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले भनेका छन: ग्याल्पो ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनलाई खास गरि हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले विशेष पराम्परागत साथै सांस्कृतिक महत्वका साथ मनाउने गर्छन ।

शेर्पा, हेल्मु, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे र मनाङ्गे लगायत अन्य धेरै समुदायको साझा यो पर्वले आपसी आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास हुनुका साथै हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवद्धन पनि हुन्छ । त्यसैले यो पर्वको सन्दर्भमा म सम्पूर्ण नेपाली जन समुदायलाई अझ बढी अग्रगति, प्रगति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।


प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?