Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

दिप प्रज्वलन गरि मनाइयो प्रजातन्त्र दिवस


दाङ: ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष उपलक्ष्यमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दाङ ले तुलसीपुर मदन आश्चित चाेकमा दिप प्रज्वलन गरेको हाे । उक्त कार्यक्रम अनेरास्ववियु दाङ जिल्ला अध्यक्ष प्रकाश रावतकाे अध्यक्षता एवम् प्रमुख अतिथि अनेरास्वबियु निबर्तमान केन्द्रीय सदस्य प्रकाश शर्मा लगाएत विद्यार्थी नेताहरुकाे उपस्थिति थियाे भने कार्यक्रम को सहजिकर्ण अनेरास्वबियु जिल्ला कमिटि सचिव रबिन वलि ले गर्नु भएको थियो ।

देशमा प्रजातन्त्र प्राप्तिको लागि आफ्नो ज्यान बलिदान गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात महान वीर सहिदहरु प्रती हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न अखण्ड राष्ट्र राष्ट्रियता सार्वभौमिकता स्वाधीनता एवम् प्रजातान्त्रिक शासन व्यवस्थाको लागि उहाँहरुले गर्नु भएको त्याग तपस्या तथा बलिदान र उहाँहरुले सुरु गर्नुभएको महान दुरदर्शि सुनौलो यात्राको उच्च सम्मानका साथ कदर एवम् मूल्याकंन गर्दै सम्झिदै आत्मसात गर्दै देश र जनताको लागि उहाँहरुले देख्नुभएको सुनौलो सपना साकार पार्न जस्तोसुकै समय परिस्थितिको सामाना गर्न र जस्तोसुकै कदम चाल्न तयार रहेकाे अनेरास्ववियु दाङले बताएको छ ।

साथै देशमा सयौं बर्ष देखि एकलौटी रुपमा जनताको शिर माथी पाइला टेक्दै दमन गरि आफ्नो निरंकुश एकल शासन चलाउदै आएका राणाहरुको विरुद्धमा आवाज उठाउदै लड्दै प्रजातान्त्रिक शासन प्रणालीको उदय गरि बिना रोकावट जनताले आफ्ना हरेक अधिकार स्वतन्त्र रुपमा प्रयोग गर्न पाउने अवसर दिलाइ जनताले जनताकै माध्यमबाट देश र जनताको लागि आफ्नो शासन गर्न पाउने अवसर जनतालाई सुम्पिदै आफ्नो अमुल्य जीवनको बलिदानी चढाइ यो पवित्र देव भुमी एवम् शान्ती भुमी धर्ती माता बाट बिदा माग्दै गएपनी हामी उहाँ जस्ता महान वीर सहिदहरु लाई कदापि बिर्सन सक्दैनौं । उहाँहरुले देखाउनु भएको बाटो, देख्नु भएको सपना र राष्ट्रप्रेमी देशभक्त उच्च बिचार भाव लाई निरन्तरता दिन सबै नेपाली जनता एकजुट भएर अगाडि बढौ भन्ने मुल मर्मतका साथ अनेरास्ववियु दाङले दिप प्रज्वलन गरेको थियाे ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?