Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नक्खु चोकमा खुल्यो मुनाज ब्यूटी पार्लर


काठमाडौं : सौन्दर्यकर्मी मुना लिम्बुद्वारा ललितपुरको नक्खु चोकमा संचालनमा ल्याईएको मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी सौन्दर्यकर्मी मुना लिम्बुद्वारा सञ्चालित मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टर उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो। बिगत ६ बर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै देशमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा अनुभबी दक्ष सौन्दर्यकर्मी मार्फत महिलाहरुलाइ सौन्दर्य सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मुना लिम्बुले बताइन। मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा ब्युटिसियन बन्न चाहने, शिप सिक्न चाहनेहरुको लागि ट्रेनिङको समेत ब्यबस्था गरिएको कुरा मुना बताउछिन।

प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ठ सौन्दर्यबिद रेनु राना मगरले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुशी ब्यक्त गर्दै मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन । यसैगरी स्वदेशमा नै व्यवसाय गरि रोजगारीको सिर्जना गर्दै आर्थिक रुपमा समेत सवल महिलाको रुपमा स्थापित भएकोमा सौन्दर्यकर्मी मुना लिम्बुलाइ व्यवसायिक सफलताको शुभकामना ब्यक्त गरिन।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?