Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

डाक्टरले भने- चन्द्र भण्डारीको अवस्था सामान्य छ, चिन्ता लिनु पर्दैन


काठमाडौ : सांसद चन्द्र भण्डारीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।भारतको मुम्बई स्थित वर्न अस्पतालबाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार चिकित्सकले अबस्था सामान्य रहेको जानकारी दिएका छन् ।

चिकित्सकले दिएको जानकारी बारे कँडेल :
चन्द्र दाजी खतरामुक्त हुनुहुन्छ । मन थाम्न नसके पछि केही वेर अगाडी १० वजे आईविसियूमा पुगी ड्युटी डा. प्रसान्त महाराणेलाई भेटी कुरा गर्दा सवै कुराहरू नर्मल रहेको जानकारी गराउनु भयो ।

प्रश्न गर्ने क्रममा मैले सोधे वहाँ होसमा हुनुहुन्छ त ? क्याविन नं. ८ मा रहनु भएका चन्द्र दाईको क्याविनवाट तीन जना नर्सहरू निक्ले । मेरो अगाडी रहनु भएका डा. प्रसान्तले क्याविनवाट निक्लदै गरेका नर्सलाई सोध्नु भयो विरामी जागै हो ? उनीहरूले भने हो । डा. ले मलाई भन्नु भयो मन छ भने भेट भन्नुभयो सो भन्ना साथ नर्सले गाउन लिएर आईन । नर्स म र डा भित्र गयौ । चन्द्रदाईले मलाई दुवै आँखाले लामो समय हेरेको हेर्यै गर्नु भो । हात उठाउन खोज्ने, टाउको उठाउन खोज्ने धेरै कुरा गर्न मन गरे जस्तो भान हुन्थ्यो । अनि डा. र अन्य नर्सलाई हेर्नु भो । मैले दाई हजुरलाई राम्रो भई रा छ हामी यही छौ भने । मलाई पनि दाईलाई हेरे पछि मन कस्तो कस्तो भयो अनि निक्ली हाले ।

डा. ले भन्नु भो केही चिन्ता लिनु पर्दैन ।

दाई खतरामुक्त हुनुहुन्छ साथै निश्चिन्त हुन सवैमा अनुरोध छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?