Trending
>>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

अल्छी गरे पत्रकारिताको विकल्प खोजे हुन्छ: अध्यक्ष बस्नेत


काठमाडौँ:प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराउनुभएको छ ।

‘अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको छ । यो अल्छिपना हो । अन्य माध्यमको समाचार हुबहु सारेर वा अल्छी गरी जबरजस्ती अनलाइन चलाउनु राम्रो होइन । बरु विकल्प खोज्नु राम्रो हुन्छ’ काउन्सिलमा नयाँ दर्ता भएका अनलाइनका सञ्चालक, सम्पादकहरूलाई शुक्रबार दिइएको अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले भन्नुभयो ।

अध्यक्ष बस्नेतले विभिन्न व्यवसाय गर्ने र त्यसलाई सजिलो पार्न अनलाइन समाचार माध्यम खोल्ने प्रवृत्तिको पनि कटाक्ष गर्नुभयो ।
‘सञ्चार माध्यमको विशेषता र प्रकृति फरक छ । अरू उद्योगबाट हुने फाइदा, बेफाइदाको आँखाबाट सञ्चार उद्योगलाई हेरिनुहुँदैन । अरू कामलाइ सघाउन एउटा अनलाइन पनि दर्ता गराउन भनेर कोही आएको छ भने त्यो गलत हो । त्यस्ता अनलाइन टिक्न सक्दैनन्’ उहाँले भन्नुभयो ।

काउन्सिलले अनलाइन दर्ताअघि आचारसंहिता र पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा नियमित अभिमुखीकरण कक्षा राख्दै आएको छ ।

शुक्रबारको कक्षामा मुलुकभरका ३७ वटा नयाँ अनलाइनका सहभागी थिए । सहभागीलाई अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विषयगत विज्ञकारूपमा कक्षा लिनुभएको थियो ।

प्रधानसम्पादक भण्डारीले अनलाइन सञ्चार माध्यमले अवसरसँगै चुनौति पनि थपेको भन्दै पत्रकारले आचारसंहिताको सीमाभित्र रहेर काम गरे सफल हुने बताउनुभयो ।

बुढाथोकीले काउन्सिलले जारी गरेका आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरुको महत्व र प्रभावकाररिताबारे प्रशिक्षण दिनुभएको थियो ।


प्रकाशित मिति: ६ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?