Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

राजावादी प्रदर्शनमा संलग्न थप २ जनालाई धरौटीमा छाड्न आदेश


काठमाडौँ । राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  तीन जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशअनुसार दुर्गा प्रसाईंका सहयोगी सुशील बराल र तारा राजावादीका नामले चिनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो।

यसअघि अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनीहरू तीनै जनालाई गत चैत १५ गतेको प्रदर्शनमा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि पुर्पक्षमा थुनामा पठाइएको थियो।

अदालतले पेशीका क्रममा प्राप्त प्रमाण तथा बहसलाई आधार मान्दै धरौटीमा छोड्ने आदेश दिएको हो। उनीहरूमाथि आरोप लागेको विषयमा अझै अनुसन्धान जारी रहने अदालतले स्पष्ट पारेको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?