Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

ओलीजी कहाँ अल्झिनु भएको छ तपाई?


जयप्रकाश गुप्ता

गिरिजा प्र. कोईराला धेरै पटक प्रधान मंत्री हुनु भयो। राजाकै शासनमा धेरै पटक प्रम हुनु भयो।
दरबारमा गई कहिल्यै पनि, एक पटक पनि दशैंको टिका थाप्नु भएन। मातृका प्रसाद कोईराला बाचुन्जेल ठुल्दाजुको हातबाट साईतको टिका थाप्ने भनेर बिराटनगर पुग्नु हुन्थ्यो। न भए बानेश्वर। तेस निम्ति नारायणहिटी कहिल्यै टेक्नु भएन।

गिरिजा प्रसाद सबै पटक प्रमका साथ राजदरबार सम्बन्धि विभागीय मंत्री समेत रहनु भयो। दरबारीया समारोहको प्रोटोकलमा उहाँको नाम हुन्थ्यो। छापिएको पनि हुन्थ्यो। अन्तर्यामी दरबारले सबै कुरा जानेको थियो। बुझेको थियो।

न त राजा स्वयंले, न त पशुपतिभक्त महर्जनका माध्यमबाट प्रम तपाई दरबारले न आई दिने? दरबारको अवज्ञा गर्ने भनी कहिले भनेन।

कुराको बुझाई मन मनै हुन्थ्यो। म प्रति कोईराला ‘आध्यात्मिक भक्तिभाव’ राख्दैनन् अथवा राजनीतिक प्रयोजनका लागि बाहेक सभक्ति राजतन्त्र मानेका छैनन् यति बुझ्ने तीक्ष्णता त दरबारको थियो नै। तर, दरबार तेता लागेन।

दरबार भित्ता तिर न धकेलिंदासम्म संरक्षक र संहारक दुबै थियो। प्रम हुनेहरूलाई दाम राखेर ढोक्न लाउथे। तैपनि आफ्नो मर्यादा एवं गरिमाका लागि चुप बस्दथ्यो।

सर! डियर कमरेड प्रम @kpsharmaoli जी, कहाँ अल्झिनु भएको छ तपाई? दिनहरू थोरै छन्। अगाडी हिडनुपर्ने खाल्डाखुल्डी बाला बाटो तिर हेर्नुस् सम्माननीय जी !


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?