Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाउँछुः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरुसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जानसक्ने व्यवस्था गर्ने बताए । उनले अबको बाटो संकल्प र कार्यान्वयनको भएको बताए । उनले अब बोल्ने नभए काम ध्यान दिनुपर्ने बताए । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्ने बताए । सबै तहमा डिजिटल पहुँच सुधार गर्न ध्यान दिने बताए । पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्ट रुपमा उल्लेख गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने , ‘अबको बाटो संकल्प र कार्यान्वयनको हो । अब हामीले कुरामा होइन, काममा ध्यान दिनुपर्नेछ । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्नुपर्नेछ । सबै तहमा डिजिटल पहुँच सुधार गर्नुपर्नेछ । पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्ट रुपमा उल्लेख गरिनेछ । नेपाली काँग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यासमा अग्रणी भुमिका खेल्नेछ । माथि आउन धेरै गाह्रो छ भन्नेकुरा उठाउनु भयो । ह्वीलचेयरको बाटो छैन । त्यसैकारण पार्टीका सबै साथीहरुलाई कसरी सिधै माथि ह्वीलचयर आउने व्यवस्था गर्न साथीहरुसँग कुरा गरेर, कोषाध्यक्षलाई राखेर माथि आउने सिधा बाटो बनाउने काम गर्नेछु ।’

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरुले हिनतावोध नगरी आफ्नो काममा लाग्न आग्रह गरे ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?