काठमाडौ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको अवस्था खतरामुक्त भएको चिकित्सकहरूले बताएका छन् ।
भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनले भने, ‘नेपालबाट ल्याउँदा अवस्था स्थिर थियो यहाँ आएपछि चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको बताउनुभएको छ ।’ न्यौपाने भण्डारीसँगै मुम्बइ गएका छन् ।
भण्डारीको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको आज दुई वटा शल्यक्रिया गर्न लागिएको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार