Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नवलपरासीको विकासबारे स्थानीयसँग संवाद गर्दै विनोद चौधरी


नवलपरासी: कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तर्क्रिया गर्नुभएको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गर्नुभएको हो ।

आइतबार सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर उनले स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याकाबारे छलफल गर्न‘ुभयो । स्थानीयले बाढी, डुवान र सिचाईको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले डुवानले वर्षेनी समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो । “हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,” उहाँले भन्नुभयो, “तपाई सांसद निर्वाचित हुनुभएको छ । अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।”

त्यस्तै प्रतापपुर गाउँपालिका वडा नंं ५ का रामजी सिंहले सिचाईको समस्याबारे अवगत गराउनुभएको थियो । “सिचाईको भरपर्दाे व्यवस्था नहुँदा किसानहरुले ठूलो समस्या भोग्दै आएका छौं,” उहाँले भन्नुभयो, “सिचाँईको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गर्नुपर्छ ।”

सांसद चौधरीले आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धता कार्यान्वयनका लागि प्रतिवद्ध रहेको प्रष्ट पार्नुभयो । हामीले चुनावका बेला जे जेति काम गर्छाैं भनेका थियौं । ति कार्यान्वयन गर्ने गरी काम सुरु गरिसकेका छौं । कतिपय कामको थालनी नै भइसकेको छ ।”

उहाँले पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्षाेनी हुने डुवानको समस्या समाधानका लागि पहल भइसकेको बताउनुभयो । उहाँले नेपाल सरकार र भारत सरकारबीच नै डुवान समस्याका बारेमा उच्चतहमा छलफल भइरहेको बताउनुभयो । त्यस्तै उहाँले निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको बताउनुभयो ।

उहाँले निर्वाचन क्षेत्रका विकासका लागि व्यवस्थित कार्ययोजना बनाएर काम हुने बताउनुभयो । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुवानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको प्रतिबद्धता जनाउनुभयो । सांसद चौधरी नवलपरासी १ का विभिन्न स्थानमा पुगेर अन्तक्र्रिया गर्दै आएका छन् । तस्विर संलग्न छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?