Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सिलिन्डरमा यस्तो संकेत बुझ्न नसक्दा हुन्छ ग्यास बिस्फोट


भान्साको सिलिन्डरमा दिएको यस्तो संकेत बुझ्न नसक्दा हुन्छ ग्यास बिस्फोट । तर होस्, पुर्याउनुस् है! हतपतको काम लतपत हुन्छ। खासै ख्याल नगरिने, एलपिजी ग्याँसको सिलिण्डरको पनि अन्तिम मिती (एक्सपाइरी डेट) तोकिएको हुन्छ।

प्रश्न यो रहन्छ कि यो फलामको भाँडोको पनि अन्तिम मिती हुन्छ र? LPG Gas Cylinder

सिलिण्डरको मिती एक्सपाइरसंगै खतरा बढ्न सक्छन्।कुनै कारणबिना नै ग्यास लिक हुनु एउटा समस्या हो। कारण सिलिण्डर बिस्फोट पनि हुन सक्छ। त्यसैले सिलिण्डरको अन्तिम मिती सिद्धिएपछि त्यसलाई कदाचित प्रयोग गर्नुहुँदैन।

कहाँ हुन्छ सिलिण्डरको अन्तिमि मिति?

सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। हो, त्यही डण्डीमा यसको अन्तिम मितीलाई पेन्ट गरिएको हुन्छ।

त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ। त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्दछ (
A – जनवरी देखि मार्च
B – अप्रील देखि जून
C – जुलाई देखि सेप्टेम्बर
D – अक्टोबर देखि डिसेम्बरजनवरी देखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।

उदाहरणको लागि, मानौँ तपाईँको सिलिण्डरमा ‘A 18’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि 18 ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईँको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ।

त्यसैले, अहिल्यै तपाईँको सिलिण्डरको अन्तिम मिती जाँच गरिहाल्नुस्। अनि अर्को चोटि ग्याँस किन्दा अन्तिम मिती हेरेर मात्रै सिलिण्डर लिनुहोला।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?