काठमाडौ : सांसद चन्द्र भण्डारीलाई मुम्बईस्थित नेशनल बर्न सेन्टर लैजाने तयारी भएको छ । भण्डारी र उनकी आमा बुधबार आफ्नै घरमा ग्यास आगलागी हुँदा घाइते भएका थिए।
उनको सचिवालयका अनुसार किर्तीपुरस्थित बर्न अस्पतालबाट भारत लान लागिएको हो । अस्पतालले सुविधासम्पन्न विदेशी अस्पताल लैजान सिफारिस गरेको थियोे ।
प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार