Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

इक्यान अध्यक्षमा भट्टराईकाे उम्मेदवारी घाेषणा


२९,असार ,काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वका लागि आफ्नो टिम घोषणा गर्दै अध्यक्षका उम्मेदवार शेषराज भट्टराईले आफ्नो समूहको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

काठमाडौंमा एक समारोहबीच आफ्नो टिम घोषणा गर्दै उनले भने, ‘अग्रजदेखि अनुजसम्मको साग हामीलाई छ । भिजन भएको डाइनामिक टिम भएकाले हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’

भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै भट्टराई समूहको कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, होेमराज थापा, राजेश श्रेष्ठ, मनोरथ शाह र वसन्त पाण्डेको उम्मेदवारी परेको छ ।

भट्टराईको समूहका सबै उम्मेदवार अनुभवी, दक्ष र गतिशील छन् । उनीहरुले नेतृत्वमा चुनिएपछि संस्थाको गरिमालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?