Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

इक्यान अध्यक्षमा भट्टराईकाे उम्मेदवारी घाेषणा


२९,असार ,काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वका लागि आफ्नो टिम घोषणा गर्दै अध्यक्षका उम्मेदवार शेषराज भट्टराईले आफ्नो समूहको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

काठमाडौंमा एक समारोहबीच आफ्नो टिम घोषणा गर्दै उनले भने, ‘अग्रजदेखि अनुजसम्मको साग हामीलाई छ । भिजन भएको डाइनामिक टिम भएकाले हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’

भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै भट्टराई समूहको कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, होेमराज थापा, राजेश श्रेष्ठ, मनोरथ शाह र वसन्त पाण्डेको उम्मेदवारी परेको छ ।

भट्टराईको समूहका सबै उम्मेदवार अनुभवी, दक्ष र गतिशील छन् । उनीहरुले नेतृत्वमा चुनिएपछि संस्थाको गरिमालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?