काठमाडौ : नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ ।
शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।
प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार