काठमाडौ : राप्रपा नेता रविन्द्र मिश्रले परिस्थिति बुझ्दा आफू राजनीतिका लागि योग्य नभएको अनुभुती हुने बताएका छन् । सोमबार ट्विटमार्फत उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्-“सबै हेर्दा/बुझ्दा, म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ। मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो नि लाग्छ। तर फेरी ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने दृढता अगाडि क्षणिक निराशा के टिक्न सक्थ्यो र,”उनले लेखेका छन।
प्रकाशित मिति: १६ माघ २०७९, सोमबार