Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

‘नीरफूल’को विशेष प्रदर्शनी


३० जेष्ठ ,काठमाडौँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए ।

सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए । “चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ”, उनले भने, “वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो ।”

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गरिन् । उनले भनिन्, “नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन ? भन्ने गुनासोको जवाफ बनेको छ नीरफूल । हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ ।”

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सहराना गरिन् । स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो । “यसमा हाँसो र रोदन दुवै छ । कलाकारले पात्र बाँचेका छन्, गीत–सङ्गीतमा संस्कृति झल्किन्छ । यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ”, उनले भनिन् ।

चलचित्रका निर्देशक फूलमान वलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिए । “नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु । हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ”, उनले भने । आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासङ्घका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डिसी, पत्रकार ऋषि धमला, उमेश चौहानलगायतले चलचित्र हेरेका थिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?