Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

थारु संस्कृतिमा रमाउँदै दर्शक


नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृतिमा दर्शक रमाउने गरेका छन् । प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ । महोत्सवका १७ वटा कक्षमा थारुगाउँ सञ्चालन गरिएको सञ्चालक हेमन्त चौधरीले बताउनुभयो ।

थारु गाउँमा थारु संस्कृति र खानाका परिकारको स्वाद लिन दर्शकको भीड हुने गरेको उहाँको भनाइ छ । महोत्सवभित्र राखिएको थारु गाउँका कक्षमा थारु परिकार सजिएका छन् । महोत्सव हेर्न आएका दर्शकको थारु परिकारको स्वाद लिन लाइन लाग्ने गरेको छ । थारु गाउँमा थारु परिकार घोघी, बङ्गुरका परिकार, स्थानीय जातको कुखुराको मासु, माछाका परिकार, झिङ्गे माछा, गङ्गटाका परिकार, डोकनीमा पिसेको अचारलगायत अनदिको झोल पाइने गरेको चौधरीले बताउनुभयो । महोत्सव हेर्न आउने अधिकांश दर्शक थारु गाउँ जाने गरेकाले थारु गाउँका हरेक कक्षमा ग्राहक भरिभराउ हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी दिनुभयो । महोत्सवमा थारुको कला संस्कृतिको प्रवद्र्धनका लागि थारु गाउँ सञ्चालन गरिएको उहाँको भनाइ छ । पश्चिम नेपालमा औद्योगिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नेपालगञ्जमा महोत्सव आयोजना गरिएको हो ।

गत मङ्गलबारदेखि नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासङ्घका महासचिव जीआर भुसालले बताउनुभयो । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिनेगरी कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका तीन सय स्टल राखिएका छन् ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?