Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

थारु संस्कृतिमा रमाउँदै दर्शक


नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृतिमा दर्शक रमाउने गरेका छन् । प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ । महोत्सवका १७ वटा कक्षमा थारुगाउँ सञ्चालन गरिएको सञ्चालक हेमन्त चौधरीले बताउनुभयो ।

थारु गाउँमा थारु संस्कृति र खानाका परिकारको स्वाद लिन दर्शकको भीड हुने गरेको उहाँको भनाइ छ । महोत्सवभित्र राखिएको थारु गाउँका कक्षमा थारु परिकार सजिएका छन् । महोत्सव हेर्न आएका दर्शकको थारु परिकारको स्वाद लिन लाइन लाग्ने गरेको छ । थारु गाउँमा थारु परिकार घोघी, बङ्गुरका परिकार, स्थानीय जातको कुखुराको मासु, माछाका परिकार, झिङ्गे माछा, गङ्गटाका परिकार, डोकनीमा पिसेको अचारलगायत अनदिको झोल पाइने गरेको चौधरीले बताउनुभयो । महोत्सव हेर्न आउने अधिकांश दर्शक थारु गाउँ जाने गरेकाले थारु गाउँका हरेक कक्षमा ग्राहक भरिभराउ हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी दिनुभयो । महोत्सवमा थारुको कला संस्कृतिको प्रवद्र्धनका लागि थारु गाउँ सञ्चालन गरिएको उहाँको भनाइ छ । पश्चिम नेपालमा औद्योगिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नेपालगञ्जमा महोत्सव आयोजना गरिएको हो ।

गत मङ्गलबारदेखि नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासङ्घका महासचिव जीआर भुसालले बताउनुभयो । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिनेगरी कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका तीन सय स्टल राखिएका छन् ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?