Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

स्पाइनी ब्याबलर चलचित्र महोत्सव : प्रदीप र नम्रता उत्कृष्ट


२५ जेष्ठ ,काठमाडौँ । स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ ।

महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार सर्वोत्कृष्टलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गरे । उनले पछिल्लो समय चलचित्रकर्मीद्वारा बजेट विनियोजनबारे राखेको गुनासोको सुनवाई गर्ने बताए ।

“म तपाईहरुकै सेवक हुँ । त्यसैले आफ्नो समस्या निर्धक्कसँग मलाई भन्नुस्, खबरदारी गर्नुस्”, उनले भने, “हामी भिन्न क्षेत्रमा रहे पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी एकभएर काम गरौँ ।”

महोत्सवमा राष्ट्रिय विधातर्फ निर्देशकमा दिनेश राउत (प्रकाश), अभिनेतामा प्रदीप खड्का (प्रकाश), अभिनेत्रीमा नम्रता सापकोटा (डेसान) र लेखनमा विकाश सुवेदी (प्रकाश)ले अवार्ड जिते ।

यस्तै, छोटो चलचित्रतर्फ तिर्खा, निर्देशकमा ज्ञानेन्द्र कोइराला (किड्न्याप), लेखकमा सिर्जना कार्की (दुखी बुहारी) र छायाँकारमा ज्ञानेन्द्र खतिवडा (अहम प्रेम)ले अवार्ड जिते ।नेपाल भाषाको चलचित्रतर्फ निर्देशकमा दर्शनवीर शाक्य (इन्द्रायणी)ले अवार्ड जिते ।

समारोहमा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट वृत्तचित्र डुक बक्स इलिङ्टन (आयरल्याण्ड), उत्कृष्ट चलचित्र द रोड (भारत), उत्कृष्ट कथा फोर्स (इरान), उत्कृष्ट छायाँकार ‘द लाइट बल्व’ (भेनेजुएला) र उत्कृष्ट निर्देशक ‘फिडलस्ट्रिक’ (इजिप्ट) का एजिडिन एफडेल हेडीलाई घोषणा गरियो ।

महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताए । “तेस्रो संस्करणसम्म आइपुग्दा बृहत्रुपमा कार्यक्रम सम्पन्न भयो । स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन् । चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल सावित गरेको छ”, उनले भने   ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?