Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

अटिजमको विषय चलचित्रमा


१८ जेष्ठ ,काठमाडौँ । चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ ।

एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण भएको छ ।

निर्माण पक्षले हालै चलचित्रको पोस्टर सार्वजनिक गर्दै विषयबारे जानकारी गराएका छन् । चलचित्रकी निर्देशक अनिता पण्डितले चलचित्रमार्फत अटिजमबारे बुझाउन खोजिएको जानकारी दिईन् ।

“कहिल्यै ठीक नहुने भन्ने सोचको विरुद्ध हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैँले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने तथ्यलाई देखाएका छौँ”, निर्देशक पण्डितले भनिन् ।

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?