Trending
>>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित) >>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

स्मिताको नयाँ गीत ‘आँखामा गाजल’


१३ जेष्ठ ,काठमाडौँ । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकि छिन् । करिब एक वर्षको अन्तरालमा उनले नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकि हुन् ।

उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ ।

देवेश राईको एरेञ्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेका छन्छ । गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ ।

सुदीप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् ।

एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् । “अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ”, स्मिताले भनिन्, “एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ ।”

उनका ‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ गीत चर्चित गीतमा पर्छन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?