Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

डोको बुनेर आत्मनिर्भर


दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्नुहुन्छ । निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर उहाँले १५ वर्षदेखि घर व्यवहार चलाउँदै आउनुभएको छ । दश जनाको परिवार उहाँकै कमाइबाट पालिने गरेको छ । “आम्दानीको कुनै स्रोत नभएर खाली बस्नुभन्दा सीप सिकेर काम गरेको छु । एकमहिने साना तथा घरेलु कार्यालय राजपुरले दिएको बास, निगालोसम्बन्धी तालिम लिएर अहिले यही डोको बुन्ने पेशाले घरपरिवार पालेको छु”, उहाँले भन्नुभयो ।

डोको र छाप्री बुनेर गाउँघरमा घुम्ती व्यापार गरेर वार्षिक ८० हजार कमाउने गरेको उहाँले बताउनुभयो । कहिले त निगालोका सामग्री साटेर अन्न, तेल खुर्सानी ल्याउने गरेको उहाँले बताउनुभयो । उहाँले आफूहरू जस्ता सीप भएकालाई स्थानीय सरकारले उद्योग खोलेर रोजगारीको र्सिजना गरिदिए धेरैको रोजगारी हुने सुझाव दिनुभयो । शेरबहादुर भुल मात्र नभएर यो गाउँमा बसोबास गर्ने करिब एक सय ५० घरधुरी दलित समुदायका व्यक्तिको पेसा नै डोको, डालो, छाप्री बनाएर बिक्री गर्नु हो । खेतीपातीबाट तीन महिनासम्म पनि गुजारा चलाउन नसकिने भएपछि उनीहरूले यसलाई वैकल्पिक पेसा बनाएका छन् । “छोराछोरीेको पढाइ खर्च र आफ्नो जीविकोपार्जन यसैबाट चलेको छ”, स्थानीय जवान भुल भन्नुहुन्छ । “दलित समुदायका परिवारसँग खेतीयोग्य जमिन नहुँदा तीन महिना खान नपुग्ने, भारत तथा तेस्रो मुलुकमा गएर काम पनि गर्न नसकिने भएकाले हामीले निगालोका सामग्री बनाएर बिक्री गर्नुपरेको छ”, सँगै उत्पादन भएका बस्तुलाई बिक्री गर्न बजारीकारणका लागि स्थानीय सरकारले कुनै पहल नगरेको उहाँको गुनासो छ ।

स्थानीय सरकारले सीपमूलक तालिमको आयोजना गरी बढीभन्दा बढी सहभागी बनाइ आत्मार्निभर बन्न सहयोग गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताउनुभयो । जनतालाई कुनै न कुनै क्षेत्रबाट सहयोग गर्न सबैसँग सहकार्य गरी स्थानीयस्थरमा उत्पादन भएका बस्तुलाई बिकाउन बजारीकरणमा पहल गरिने पनि उहाँको भनाइ थियो ।


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?