Trending
>>   बजेटले अनुमान गरे जस्तो आम्दानी हुनसक्ने अवस्था छैनः पूर्वअर्थमन्त्री महत >>   योग्य र नैतिक कर्मचारी छनोटमा लोकसेवा आयोगको भुमिका प्रशंसनीयः राष्ट्रपति पौडेल >>   मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्र आवश्यकः प्रधानमन्त्री >>   नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्यायोः सभापति खतिवडा >>   यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे >>   आन्दोलन भइरहँदा संसद चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही >>   काँग्रेस प्रमुख सचेतकको प्रश्न रास्वपाले नैतिकताको पाठ सिकाउन मिल्छ ? >>   मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने >>   इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र >>   इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

डोको बुनेर आत्मनिर्भर


दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्नुहुन्छ । निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर उहाँले १५ वर्षदेखि घर व्यवहार चलाउँदै आउनुभएको छ । दश जनाको परिवार उहाँकै कमाइबाट पालिने गरेको छ । “आम्दानीको कुनै स्रोत नभएर खाली बस्नुभन्दा सीप सिकेर काम गरेको छु । एकमहिने साना तथा घरेलु कार्यालय राजपुरले दिएको बास, निगालोसम्बन्धी तालिम लिएर अहिले यही डोको बुन्ने पेशाले घरपरिवार पालेको छु”, उहाँले भन्नुभयो ।

डोको र छाप्री बुनेर गाउँघरमा घुम्ती व्यापार गरेर वार्षिक ८० हजार कमाउने गरेको उहाँले बताउनुभयो । कहिले त निगालोका सामग्री साटेर अन्न, तेल खुर्सानी ल्याउने गरेको उहाँले बताउनुभयो । उहाँले आफूहरू जस्ता सीप भएकालाई स्थानीय सरकारले उद्योग खोलेर रोजगारीको र्सिजना गरिदिए धेरैको रोजगारी हुने सुझाव दिनुभयो । शेरबहादुर भुल मात्र नभएर यो गाउँमा बसोबास गर्ने करिब एक सय ५० घरधुरी दलित समुदायका व्यक्तिको पेसा नै डोको, डालो, छाप्री बनाएर बिक्री गर्नु हो । खेतीपातीबाट तीन महिनासम्म पनि गुजारा चलाउन नसकिने भएपछि उनीहरूले यसलाई वैकल्पिक पेसा बनाएका छन् । “छोराछोरीेको पढाइ खर्च र आफ्नो जीविकोपार्जन यसैबाट चलेको छ”, स्थानीय जवान भुल भन्नुहुन्छ । “दलित समुदायका परिवारसँग खेतीयोग्य जमिन नहुँदा तीन महिना खान नपुग्ने, भारत तथा तेस्रो मुलुकमा गएर काम पनि गर्न नसकिने भएकाले हामीले निगालोका सामग्री बनाएर बिक्री गर्नुपरेको छ”, सँगै उत्पादन भएका बस्तुलाई बिक्री गर्न बजारीकारणका लागि स्थानीय सरकारले कुनै पहल नगरेको उहाँको गुनासो छ ।

स्थानीय सरकारले सीपमूलक तालिमको आयोजना गरी बढीभन्दा बढी सहभागी बनाइ आत्मार्निभर बन्न सहयोग गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताउनुभयो । जनतालाई कुनै न कुनै क्षेत्रबाट सहयोग गर्न सबैसँग सहकार्य गरी स्थानीयस्थरमा उत्पादन भएका बस्तुलाई बिकाउन बजारीकरणमा पहल गरिने पनि उहाँको भनाइ थियो ।


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?