Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर)


धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर)

काठमाडौँ । यतिबेला सङ्घीय राजधानी काठमाडौं उपत्यका वातावरणीय प्रदुषणको चपेटामा परेको छ । वायु प्रदुषण मापन गर्ने सूचकांकले मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्था देखाएको छ ।

काठमाडौंको आकाश पूर्ण रुपमा धुवाँ र धुलोको बाक्लो चादर (तुवाँलो) ले छोपिएको छ । निलो आकाश देखिन छाडेको छ भने सास फेर्ने हावा नै विषालु बन्दै जाँदा उपत्यकावासीको जनजीवन कष्टकर बनेको छ । वागमती नदी किनारदेखि चक्रपथका फराकिला सडकहरूसम्म चारैतिर उराठलाग्दो र फुस्रो दृश्य मात्र देखिन्छ । शहरका अग्ला भवनहरू र धरहरा जस्ता संरचनाहरू धुवाँको तुवाँलोभित्र धमिलो देखिन थालेका छन् । उपत्यकाका डाँडाहरूबाट लिइएका तस्बिरहरूले त झनै डरलाग्दो यथार्थ पस्किएका छन् । सम्पूर्ण शहर एउटा कचौराभित्र जम्मा भएको धुवाँको कुहिरोमा डुबेको जस्तो देखिन्छ । हरिया डाँडाहरू र टाढाका बस्तीहरू तुवाँलोले गर्दा आँखाले ठम्याउनै नसकिने अवस्थामा पुगेका छन् । काठमाडौंको ‘कचौरा’ जस्तो भौगोलिक बनावटले गर्दा बाहिरबाट आएको र भित्रै सवारी साधन, कलकारखाना र निर्माण कार्यबाट निस्किएको धुलो–धुवाँ बाहिरिन पाएको छैन । भिजिबिलिटी ह्वात्तै घटेको कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । बाटोमा हिँड्ने सर्वसाधारणले आँखा पोल्ने, घाँटी खसखस गर्ने र श्वासप्रश्वासमा भारीपन महशुस भएको गुनासो गरिरहेका छन् । चिकित्सकहरूकाअनुसार यस्तो हावाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दम, निमोनिया जस्ता श्वासप्रश्वासका बिरामीहरूलाई गम्भीर असर पु¥याउँछ ।

यी तस्बिरहरू केवल मौसमको खराबीका दृश्य मात्र होइनन्, यी हाम्रो बिग्रँदो वातावरण र जनस्वास्थ्यमाथिको गम्भीर आपतकालका संकेत हुन् । सफा हावामा सास फेर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर आज काठमाडौंको हावा नै मौन हत्यारा बन्दैछ । विज्ञहरूले यो अवस्थामा ‘मर्निङ वाक’ लगायतका बाहिरी शारीरिक व्यायाम नगर्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अपिल गरेका छन् । सरोकारवाला निकायले अब प्रदुषण नियन्त्रणका लागि तत्काल संकटकालिन कदम चाल्न र दीर्घकालीन रणनीति अपनाउन ढिला भइसकेको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?