Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर)


काठमाडौं। काठमाडौंको ऐतिहासिक र व्यापारिक केन्द्र असनमा पाहाँ चह्रे पर्वको अवसरमा तीन देवीहरूको मिलन गराउने ‘द्यः ल्वाकेगु’ जात्रा भव्यताका साथ सम्पन्न भएको छ ।

वर्षौंदेखि चल्दै आएको यो परम्परा काठमाडौं उपत्यकाको सांस्कृतिक वैभव हो । नेवार समुदायमा विशेष महत्व राख्ने पाहाँ चह्रे पर्व तीन दिनसम्म मनाइन्छ । यसको दोस्रो दिन असनमा ‘द्यः ल्वाकेगु’ अर्थात देवता जुधाउने जात्रा मनाइन्छ । यो जात्रा खासगरी तीन दिदीबहिनी अजिमाहरू— भद्रकाली (लुमधि अजिमा), कङ्केश्वरी (कङ्ग अजिमा) र नीलबाराही (तेउडा वा लुतिमरु अजिमा) बीचको भेटघाटको प्रतीक हो ।धार्मिक विश्वासअनुसार यी तीन दिदीबहिनीहरू वर्षमा एकपटक असनमा भेट हुने गर्दछन् । असनको अन्नपूर्ण मन्दिर अगाडि हुने यस समारोहमा तीनवटा खत (रथ) हरूलाई आपसमा ठोक्काएर देवताहरूलाई ‘भेट’ गराइन्छ । खत बोक्ने युवाहरूले परम्परागत बाजागाजाको तालमा उल्लासका साथ खतलाई घुमाउने र जुधाउने गर्दछन् । यस क्रममा ‘च्वय्ला’ (मशाल) साटासाट गर्ने गरिन्छ । एउटा खतको मशाल अर्को खतसँग साटासाट गर्नुलाई दिदीबहिनीहरू बीचको प्रेम, कुशलक्षेम आदानप्रदान र संवादको रूपमा लिइन्छ । यो दृश्य हेर्न असनमा भक्तजन र पर्यटकहरूको ठूलो घुइँचो लाग्ने गर्दछ । असन काठमाडौँको सबैभन्दा व्यस्त व्यापारिक चोक मात्र नभई यो एक प्रमुख सांस्कृतिक र आध्यात्मिक संगमस्थल पनि हो । परापूर्व कालदेखि नै विभिन्न जात्रा र पर्वहरूको केन्द्रबिन्दुको रूपमा असनले आफ्नो पहिचान बनाएको छ । तीनै अजिमाहरूका खतहरू आ–आफ्नो इलाकाबाट आएर असनको यो निश्चित बिन्दुमा मिलन हुनुले असनको ऐतिहासिक र भौगोलिक महत्वलाई अझ स्पष्ट पार्छ ।

आधुनिकताको प्रभाव र शहरीकरणको बढ्दो चापका बीच पनि यस्ता मौलिक जात्राहरूले नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्न मद्दत पु¥याएका छन् । गुठी संस्थान, स्थानीय क्लव र समुदायको सक्रियताले नै यो ऐतिहासिक जात्रा आजसम्म जीवित रहेको छ । हाम्रो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नु, यसको मौलिकता जोगाउनु र यसलाई विश्वमाझ चिनाउनु आजको मुख्य आवश्यकता हो । यस्ता पर्वहरूले आपसी सद्भाव र एकताको सन्देश पनि प्रवाह गरिरहेका छन् ।

असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर)
असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर)


प्रकाशित मिति: ५ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?