Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

अस्पताल व्यवस्थापनमा सम्बन्धित विज्ञ राख्न सुझाव


अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’ विषयक सम्मेलनमा उहाँहरुले सम्बन्धित विज्ञको व्यवस्थापनबाट नै स्वास्थ्य सेवालाई प्रभाकावरी बनाउन सकिनेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले व्यवस्थापन क्षेत्रका अब्बल जनशक्तिको परिणाममुखी कामबाट नै स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सबै जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सन्र्दभमा सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले पर्यटनको विकासका लागि नेपालमा पर्यटनका सम्भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकमा रहेको सेवाभावलाई अवसर ठानेर नेपाललाई स्वास्थ्य क्षेत्रको हबका रुपमा समेत विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाप्रति नबुझेर केही नकारात्मक टिप्पणी हुने गरेको गुनासो गर्दै वास्तविकता त्यस्तो नभएको स्पष्ट पार्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सम्बन्धित विज्ञ नै माग गर्न सुरु गरिसकेको जानकारी गराउनुभयो । साथै उहाँले जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य क्षेत्रको सुधार तथा व्यस्थापन गर्ने उद्देश्यले ‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति’ तयार गरेको समेत बताउनुभयो । सङ्घका अध्यक्ष महेन्द्रराज भुसालले सङ्घ कुनै कसैका विरुद्ध नभई यस क्षेत्रलाई थप चुस्त बनाउने उद्देश्यले स्थापना भएको बताउनुभयो । साथै उहाँले निजी क्षेत्रका अस्पतालमा व्यवस्थापन अध्ययन गरेका जनशक्तिले राम्रो काम गरिरहेको उल्लेख गर्दै यसलाई सरकारी निकायमा पनि थप विस्तार गर्नुपर्ने सुझाव दिनुभयो ।

नेसनल ओपन कलेजका निवर्तमान प्रिन्सिपल दिवाकर वशिष्ठले अस्पताल व्यवस्थापन विषय अध्ययनको अवस्था र सम्भावनाबारे प्रकाश पार्दै अस्पतालमा यस क्षेत्रको विज्ञको जिम्मेवारीले नै स्वास्थ्य सेवाको उत्पादकत्वमा वृद्धि हुने धारणा व्यक्त गर्नुभयो । उद्घाटनपछिका विभिन्न सत्रमा ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’का कार्यपत्र प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?