Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

‘चरीमाई’ उपन्यास सार्वजनिक


३१ वैशाख ,काठमाडौँ । उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले यहाँ आज आयोजना गरेको कार्यक्रममा प्राडा विन्जु शर्माले सो उपन्यासको विमोचन गरिन् ।

चेलीबेटी बेचबिखनको सवाललाई समावेश गरिएको सो उपन्यासलाई इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको हो । ‘चरीमाई’ का लेखिका पौडेलले आफ्नो उपन्यास बेचिएका हजारौँ दिदिबहिनीहरुको न्यायको लडाइँमा आफैँलाई आहुति दिने सम्पूर्ण चेलीहरुप्रति सम्पूर्ण गरिन् ।

उपन्यासकार पौडेल लेखनका साथसाथै मानवशाशीमा विद्यावारिधि गरिरहनुभएकी एक अनुसन्धाता र प्राध्यापक हुन् । उनले यसअघि कथा, कविता, गीत, हाइकु र मुक्तसमेत प्रकाशन गरिसकेकी छन् । ‘चरीमाई’ भने उनको पहिलो उपन्यास हो ।

उपन्यासकार पौडेलले भनिन्, “चरीमाई बेचबिखनमा परेका सीमान्तकृत चेलीहरुको सामूहिक स्वर हो ।” सोही अवसरमा प्राडा शर्माले ‘चरीमाई’ उपन्यास चेलीबेची बेचबिखनविरुद्धको सशक्त उपन्यास भएको टिप्पणी गरिन् ।

उपन्यासबारे भूमिका लेख्दै उपन्यासकार कृष्ण धरावासीले भनकी छन्, “आज पनि ग्रामीण चेलीहरु देशभित्रकै सहरका होटलहरुमा ओछ्यान बन्न बाध्य छन्, भारतका यौन बजारहरुमा बेचिरहेका छन्, यस्ता बेतामा यही विषयलाई केन्द्रमा राखेर बारम्बार सम्झाइरहने काम चाहिँ लेखकहरुकै हो, यो पुस्तकले पनि त्यही काम गरेको छ ।”


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?