Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

फूलले कविता लेख्छ होला


📝सागर फुयाल, बर्लिन, जर्मनी

जब मान्छे मुग्ध भई
काँडाको संख्या गन्न थाल्छ
अनुकरणीय बनाउँदै
काँडाको उचाइ र चौडाइ नाप्न थाल्छ
परम पूजनीय बनाई
काँडाको धार जाँच्न थाल्छ
बहादुरीको प्रतीक मान्न थाल्छ
अनि काँडाकै
रोमान्चक कथा र गीत लेख्न थाल्छ,
फूलले पनि विवश भई
मौन कविता लेख्छ होला
सराप्दै आफैंलाई
आफ्नो कोमलता, निर्दोषितालाई
आफ्नो सुवास, सौन्दर्यलाई
आफ्नो पवित्र, प्रेमिल स्वभावलाई !


प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?