Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने


३० चैत्र ,काठमाडौँ । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

सङ्घको आज बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका सचिव अनुपमा रेग्मीले जानकारी दिईन ।

उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताईन ।

सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो ।

विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो ।

उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?