Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

खुला व्यायामशाला स्थापना


२५ चैत ,गलकोट । बागलुङमा खुला व्यायामशाला स्थापना गरिएको छ । बागलुङ नगरपालिकाले नागरिकको पहुँचमा पुग्नेगरी खुला व्यायामशाला स्थापना गरेको हो ।

नगरपालिकाको पहलकदमी तथा आयुर्वेद विभागको समन्वयमा सो संरचना स्थापना गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । झोलुङ्गे पुल रहेको सहिद पार्कमा खुला व्यायामशाला सञ्चालन गरिएको श्रेष्ठले बताए ।

नगरपालिका–१ रामरेखाको सहिद पार्क तथा लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका नागरिकलाई लक्षित गरी सो संरचना बनाइएको हो । “बिहान र बेलुका हिँड्डुल गर्ने नागरिक बढेका छन्, बजारको कोलाहलबाट टाढा रहन बाङ्गेचौर, लामो पुल, सहिद पार्क र मालढुङ्गा क्षेत्रमा पुग्ने गरेका छन्”, नगरप्रमुख श्रेष्ठले भने, “शारीरिक अभ्याससँगैै खुला प्रकृतिको आनन्द लिन सकिने छ ।”

पुल हेर्न आउने र शारीरिक स्फूर्तिका लागि आवातजावत गर्नेलाई सहज भएको स्थानीय राम शर्माले बताए । सहर बजारका नागरिकको खानपान र रहनसहनका कारण अनिवार्य व्यायाम गर्न आवश्यक देखिएकाले गत वर्षदेखि यस्तो संरचना बनाउने सोच राखिएको थियो ।

यस वर्ष १५ प्रकारका सामग्री ल्याएर व्यायामशाला स्थापना गरिएको हो । धौलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायका अनुसार डब्लुएचओको आर्थिक सहयोग तथा आयुर्वेद विभागको समन्वयमा यो संरचना बनाइएको हो ।

शारीरिक अभ्यास, योग तथा खानपानमा सहर बजारका नागरिक सचेत रहन आवश्यक रहेको बताउँदै डा रायले खुला व्यायामशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारीरिक अभ्यासको माध्यम हो भने ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?