Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न


२४ चैत ,विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा सञ्चालन भएको पाँच दिनको प्रविधि विश्लेषण अनुसन्धान तालिम आज यहाँ सम्पन्न भएको छ ।

यही चैत २० गतेदेखि सञ्चालन भएको सो तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा १४ वटै जिल्ला प्रहरी कार्यालय र सोअन्तर्गत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालयबाट ४० प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेको ज्ञान र सीपलाई कार्य क्षेत्रमा अक्षरसः कार्यान्वयन गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिए।

नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक श्यामकुमार मण्डलसहितको प्राविधिक प्रहरी टोलीले सूचना तथा प्रविधिको प्रयोग गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

तालिममा उनले डिजिटल फोरेन्सिक, मोबाइल फोरेन्सिक, र्‍याम कैद र सिडीआर विश्लेषणसम्बन्धी प्रशिक्षण दिएका थिए ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?