Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न


२४ चैत ,विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा सञ्चालन भएको पाँच दिनको प्रविधि विश्लेषण अनुसन्धान तालिम आज यहाँ सम्पन्न भएको छ ।

यही चैत २० गतेदेखि सञ्चालन भएको सो तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा १४ वटै जिल्ला प्रहरी कार्यालय र सोअन्तर्गत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालयबाट ४० प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेको ज्ञान र सीपलाई कार्य क्षेत्रमा अक्षरसः कार्यान्वयन गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिए।

नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक श्यामकुमार मण्डलसहितको प्राविधिक प्रहरी टोलीले सूचना तथा प्रविधिको प्रयोग गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

तालिममा उनले डिजिटल फोरेन्सिक, मोबाइल फोरेन्सिक, र्‍याम कैद र सिडीआर विश्लेषणसम्बन्धी प्रशिक्षण दिएका थिए ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?