प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । उहाँले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको स्पष्ट पार्नुभएको छ । काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन
नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्ष पदमा राजेन्द्र ढुङ्गाना चयन हुनुभएको छ । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनले आइतबार ढुङ्गानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिवेशनले खिमविक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोरिनुभएको छ । सहसचिवमा
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताउनुभएको छ । फागुपूर्णिमा (होली) का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले भन्नुभयो, “यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र
ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्वार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको हो । दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना गरेको ‘धरान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच सहिदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभएको छ, “लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिद नेत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिनुभएको छ । ओखलढुङ्गा जिल्लाको चिशङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभएको
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताउनुभएको छ । उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष