Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा


१६ चैत ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताएकि छन्‌ ।

मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालको बिदाइ कार्यक्रममा सरकारका प्रवक्ता शर्माले सञ्चार क्षेत्रका विज्ञ तथा सरोकारवालाको सल्लाह र सुझावका आधारमा सञ्चार ऐन ल्याउने तयारी भइरहेको जानकारी दिईन्‌ ।

उनले सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै इमान्दारीपूर्वक जनतालाई अझै प्रत्यक्ष लाभ हुने गरी नतिजामुखी काम गर्न कर्मचारीलाई निर्देशन दिईन्‌ । उनले भनिन्‌, “सचिवज्यू जहाँ भए पनि उहाँको योग्यता र क्षमताको जनताले अनुभूत गर्न पाउनेछन् भन्नेमा म विश्वस्त छु ।”

सोही अवसरमा सचिव अर्यालले आफ्नो कार्यकालमा एकीकृत कार्यालयको व्यवस्थापन कार्य, सञ्चार ऐन तयार गर्ने, चलचित्र स्टुडियो निर्माण र डिजिटल साक्षरता अभियानलगायतका कार्यक्रम गर्न सफल भएको बताए।

यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो । सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा सरुवा भएका हुन्‌ । उनी करिब डेढ वर्षदेखि सूचना सञ्चार मन्त्रालयको सचिव थिईन्‌ ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?