Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

लुम्बिनी र बुद्धसँग जोडेर चलचित्र क्षेत्र विकास गर्नु सकारात्मक : मन्त्री शर्मा


१७ चैत ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लुम्बिनी र बुद्धसँग जोडेर चलचित्र क्षेत्रको माध्यमबाट विकास र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भएको बताएकि छन्‌ ।

उनले ऐतिहासिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भए पनि यसप्रति उत्तिकै सजग र चनाखो हुनुपर्नेमा पनि जोड दिईन्‌ ।

आजदेखि लुम्बिनीमा सुरु भएको तीन दिने ‘गौतम बुद्धको जीवनी र दर्शन सङ्गत रहेर जीवनीमा चलचित्र निर्माण अन्तर्राष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन’ कार्यशालाको आज उद्घाटन गर्दै मन्त्री शर्माले नेपाली चलचित्र क्षेत्रको विकासका लागि हालको कानून पर्याप्त नरहेकाले नयाँ कानून निर्माणको आवश्यकता औँल्याईन्‌ ।

मन्त्री शर्माले नेपाली फिल्म यतिबेला सन् २०२६ को ऐनले चलिरहेको भन्दै समयसापेक्ष नियम ल्याउन आफूले पहल गर्ने बताईन्‌ ।

चन्द्रसूर्य सिनेमाको आयोजना तथा रुपन्देही चलचित्र पत्रकार सङ्घको सहकार्यमा लुम्बिनीमा आयोजित कार्यशालाको उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्याप्त अधिकार नहुँदा नेपाली चलचित्रको क्षेत्रमा अपेक्षित प्रगति गर्न नसकेको बताए । उनले नेपाली चलचित्र क्षेत्रको विकासका लागि हाल रहेका कानून निकै पुरानो रहेको उल्लेख गर्दै अब ती कानूनले सबै कुरालाई सम्बोधन गर्न नसक्ने बताए।

पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख मोहम्मत इस्तियाक खाँलगायतले चलचित्र क्षेत्रको माध्यमबाट शान्ति भूमि गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई परिचित गराउने अभियानलाई कार्यशालाले टेवा पुग्ने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?