Trending
>>   जेनजी आन्दोलनले २१ मालपोतका अभिलेख जले, श्रेस्ता कायम गर्न ११ थरी कागजात पेस गर्नुपर्ने >>   मौसम : यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल असोज २३ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   भारतीय बैंकबाट अब नेपालीले पनि ऋण लिन सक्ने: आरबीआईको नयाँ नीति पछि बढ्यो सम्भावना र… >>   उखु किसानको प्रोत्साहन रकम घटाइयो: ७५ रुपैयाँको साटो ७०, गतवर्ष त आधा मात्रै भुक्तानी ! >>   हामी संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत >>   सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस् >>   कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि >>   मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्‍यो ? >>   जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छः सिपी मैनाली
Logo
२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

फिचर


विधिवत रुपमा इन्द्रजात्रा शुरु (तस्बिरसहित)

काठमाडौं। काठमाडौं उपत्यकामा विधिवत रुपमा इन्द्रजात्रा शुरु भएको छ । बिहीवार विहान १०ः३१ बजे पूजाआज होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरुले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएसँगै काठमाडौंमा विधिवत रुपमा इन्द्र जात्राको प्रारम्भ भएको हो । भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुने बताइएको छ

शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित)

काठमाडौँ। प्रश्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघ पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरुको विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ। विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरुको विरोध प्रदर्शनका केहि झलकहरु।

उखु किसानको आन्दोलन (तस्बिरहरु)

काठमाडौँ। आर्थिक वर्ष २०८१/२०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसान आन्दोलनमा उत्रेका छन् । सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको छ । उक्त निर्णयको बिरोधमा किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।

हरितालिका तिज मनाइँदै (तस्बिरहरु)

काठमाडौं। आज देशभरका महिलाले हरितालिका तीज व्रत उत्साहपूर्वक मनाइरहेका छन्। हरितालिका तीजलाई विशेषगरी पवित्र व्रत, उपवास र शिव–पार्वतीको आराधना गर्ने दिनका रूपमा लिइन्छ। विवाहिता महिलाले श्रीमानको दीर्घायु र पारिवारिक सुख शान्तिका लागि व्रत बस्छन् भने अविवाहित युवतीहरूले आदर्श जीवनसाथीको प्राप्तिका लागि यो पर्व श्रद्धासाथ मनाउने गर्छन्। धार्मिक विश्वासअनुसार, देवी पार्वतीले

मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तिब्रता दिएको छ । बिहीवार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो । स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ । महानगरपालिकाले यसअघि पनि अवैधानिक रुपमा

साउनको अन्तिम सोमबार पशुपति दर्शनमा भक्तजनको भीड (तस्बिरहरु)

काठमाडौँ। साउन महिनाको अन्तिम सोमबारको अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको ठूलो भीड लागेको छ। हिन्दू धर्ममा भगवान शिवलाई समर्पित साउन महिनामा पर्ने अन्तिम सोमबारलाई विशेष पवित्र मानिन्छ। भक्तजनले बेलपत्र, गंगा जल, दूध र धतुरासहित भगवान शिवको दर्शन गरी स्वास्थ्य, समृद्धि र मनोकामना पूर्तिको कामना गरेका छन्।

दक्षिण एशियाका नवप्रवर्तनशील स्टार्टअप र व्यवसायिक नेताहरूको सम्मेलन साउन १८ मा काठमाडौंमा हुने (तस्बिरसहित)

नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ । नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । आयोजकका अनुसार उक्त सम्मेलन यही साउन १८ गते काठमाडौंको ठमेलस्थित होटल एलोफ्टमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका मिडिया संयोजक रोशन

महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु)

काठमाडौं। महंगी र भ्रष्टाचारविरुद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ । क्रान्तिकारी युवा संघ नेपालले बिहीवार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विरोध र्‍याली गरेको हो । उनीहरुले महंगी, भ्रष्टाचार, कुशासन, बेथिति, अन्याय र अत्याचारको विरुद्धमा भन्दै ललितपुरको कुपण्डोलबाट खबरदारी मोटरसाइकल र्‍याली गरेका हुन् । ललितपुरको कुपण्डोलबाट शुरु भएको र्‍याली

साउनको पहिलो सोमवार आज, पशुपतिमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ। आज साउन महिनाको पहिलो सोमवार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीड देख्न सकिन्छ । साउने सोमवारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक

सम्वन्धित समाचारहरु