Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘गुँला’ पर्व शुरु (तस्बिरसहित)


‘गुँला’ पर्व शुरु (तस्बिरसहित)

काठमाडौँ। नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व ‘गुँला’ आजदेखि विधिवत रूपमा शुरु भएको छ ।

बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ । पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानैदेखि भक्तजनहरूको चहलपहल बढ्ने गर्दछ । यस महिनाभरि श्रद्धालुहरू बिहान सबेरै उठेर धाः बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा–आराधना गर्ने गर्छन् । गुँला पर्वको समयलाई साधना, दान र पुण्यकर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगोको सिङबाट बनाइएको विशेष बाजा (न्यकू) फुक्ने परम्परा हो । यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको चीरशान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने प्रचलन रहेको छ ।

महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ ।


प्रकाशित मिति: २८ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?