Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित)


काठमाडौँ। त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको पृथ्वी राजमार्ग सञ्चालनका लागि हिलो र लेदो पन्छाउने कार्य तिब्र पारिएको छ ।

राजमार्गको बैरेनी खण्डमा थुप्रिएको लेदो हटाउन सुरक्षाकर्मीहरू स्थानीय नागरिकको सहयोगमा परिचालन भएका छन् । यद्यपि, सडकको अवस्था र क्षतिको प्रकृति हेर्दा आजै यातायात सञ्चालनमा आउने सम्भावना न्युन रहेको बताइएको छ । बुधवार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्मको क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्राप्त जानकारीअनुसार हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् । सुरक्षा निकाय र सरोकारवाला निकायहरू बेपत्ताको खोजी, राहत वितरण तथा उद्धार कार्यमा सक्रिय रूपमा खटिएका छन् ।

बाढीले विभिन्न स्थानमा पुल तथा सडक मार्गहरू बगाउँदा संघीय राजधानी काठमाडौंसँग कतिपय जिल्लाहरूको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । भौतिक संरचनामा पुगेको ठूलो क्षतिका साथै विद्युत आपूर्ति बन्द हुँदा धेरै स्थानमा सञ्चार सम्पर्क समेत अवरुद्ध भएको सरकारले जनाएको छ । सडक सञ्जालमा पुगेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ ।

काठमाडौँ।त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको पृथ्वी राजमार्ग सञ्चालनका लागि हिलो र लेदो पन्छाउने कार्य तिब्र पारिएको छ । राजमार्गको बैरेनी खण्डमा थुप्रिएको लेदो हटाउन सुरक्षाकर्मीहरू स्थानीय नागरिकको सहयोगमा परिचालन भएका छन् । यद्यपि, सडकको अवस्था र क्षतिको प्रकृति हेर्दा आजै यातायात सञ्चालनमा आउने सम्भावना न्युन रहेको बताइएको छ । बुधवार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्मको क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्राप्त जानकारीअनुसार हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् । सुरक्षा निकाय र सरोकारवाला निकायहरू बेपत्ताको खोजी, राहत वितरण तथा उद्धार कार्यमा सक्रिय रूपमा खटिएका छन् । बाढीले विभिन्न स्थानमा पुल तथा सडक मार्गहरू बगाउँदा संघीय राजधानी काठमाडौंसँग कतिपय जिल्लाहरूको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । भौतिक संरचनामा पुगेको ठूलो क्षतिका साथै विद्युत आपूर्ति बन्द हुँदा धेरै स्थानमा सञ्चार सम्पर्क समेत अवरुद्ध भएको सरकारले जनाएको छ । सडक सञ्जालमा पुगेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?