Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

न्यायपूर्ण भाडादर र हकहितको माग गर्दै माईतीघरमा राइडरहरूको प्रदर्शन (तस्बिरहरु)


काठमाडौँ। स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रवार काठमाडौंको माईतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने मागसहित फाउण्डेशनले विरोध कार्यक्रम आयोजना गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो श्रमको उचित मूल्य देऊ’, ‘आर्थिक शोषण बन्द गर’, ‘कमिसन घटाऊ, न्याय बढाऊ’ र ‘न्यायपूर्ण भाडा हाम्रो माग’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिसनलाई सिमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् । यसका साथै, राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन् ।

काठमाडौँ। स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रवार काठमाडौंको माईतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने मागसहित फाउण्डेशनले विरोध कार्यक्रम आयोजना गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो श्रमको उचित मूल्य देऊ’, ‘आर्थिक शोषण बन्द गर’, ‘कमिसन घटाऊ, न्याय बढाऊ’ र ‘न्यायपूर्ण भाडा हाम्रो माग’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिसनलाई सिमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् । यसका साथै, राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन् ।


प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?