Trending
>>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

‘म पनि छोरी, खै त सुरक्षा ?’ (तस्बिरहरु)


‘म पनि छोरी, खै त सुरक्षा ?’ (तस्बिरहरु)

काठमाडौँ। ‘न्याय नपाएसम्म आवाज रोकिँदैन’, ‘म पनि छोरी, खै त सुरक्षा ?’, ‘प्रोटेक्ट चिल्ड्रेन नट क्रिमिनल्स’ यी र यस्तै मुटु नै छियाछिया पार्ने नारा लेखिएका प्लेकार्ड बोकेर आईतवार राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा सयौँ महिला, आमाहरू र युवा अधिकारकर्मीहरू सडकमा उत्रिएका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको नृशंस हत्याको विरोधमा शान्तिबाटिका स्तब्ध तर आक्रोशित बन्यो । गत साउन ३१ गते आफ्नै आँगन र घरबाटै बेपत्ता भएकी ३ वर्षीया गरिमा चौधरीको खोजतलास गर्ने क्रममा भदौ २ गते छिमेककै एक घरभित्र कारुणिक र अमानवीय अवस्थामा मृत फेला परेकी थिइन् । ३ वर्षकी अवोध नानी, जसले संसारलाई राम्रोसँग चिन्नै पाएकी थिइनन्, जो आमाको काखमा लुटपुटिँदै आफ्ना तोते बोली बोल्ने उमेरमा थिइन्, उनीमाथि भएको यस्तो पाशविक र दानवीय अत्याचारले सम्पूर्ण देशको आत्मालाई नै हल्लाइदिएको छ ।

आफ्नै घर–आँगनमा सुरक्षित हुन नसकेका छोरीहरूका लागि अब राज्य कहाँ छ ? यो प्रश्न आज शान्तिबाटिकाको सडकमा धर्नामा बसेका प्रत्येक महिलाको आँखामा आँसु र ओठमा आक्रोश बनेर पोखिएको थियो । ‘३ वर्षकी निर्दोष गरिमाको के दोष थियो ? के उनले लगाएका कपडामा खोट थियो ? खोट यो पाशविक बलात्कारी सोच र राज्यको कमजोर कानूनमा छ । जबसम्म एउटी ३ वर्षीया बालिका आफ्नै घरभित्र सुरक्षित हुँदिनन्, तबसम्म यो देशका कुनैपनि छोरी सुरक्षित छैनन् ।हातमा प्लेकार्ड, आँखाभरि आँसु र घाँटी सुक्ने गरी लगाइएका नाराहरूले शान्तिबाटिकाको माहोल अत्यन्तै शोकमग्न र संवेदनशील बनेको थियो । प्रदर्शनमा सहभागी महिलाहरूले प्रहरी घेराकै अगाडि सडकमा बसेर राज्य संयन्त्र र न्याय प्रणालीविरुद्ध प्रश्न बर्साए ।

प्रदर्शनमा सहभागी आमाहरूले भावुक हुँदै भने, ‘हामी हाम्रा छोरीहरूलाई कुन मुखले घरबाहिर पठाउने ? जब राज्यले अपराधीलाई संरक्षण दिने र पीडितलाई नै प्रश्न गर्ने मानसिकता अन्त्य गर्दैन, तबसम्म हामी चुप लागेर बस्दैनौँ ।’

यी प्लेकार्डहरूले स्पष्ट सन्देश दिएका छन् कि बलात्कार कुनै कपडा, समय वा परिस्थितिको उपज होइन, यो विशुद्ध पाशविक अपराध र बलात्कारी मानसिकताको पराकाष्ठा हो । प्रदर्शन स्थलमा नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो । लाठी र सुरक्षा कवचसहित उभिएका सुरक्षाकर्मीको पङ्क्ति अगाडि महिलाहरूले भुइँमा बसेर शान्तिपूर्ण तर दृढ अडानका साथ धर्ना दिएका हुन् ।

प्रदर्शनकारीहरूले स्पष्ट पारेका छन् कि यो कुनै एक दिनको औपचारिकता मात्र होइन, गरिमा चौधरीले न्याय नपाएसम्म र बलात्कारीलाई हदैसम्मको कानूनी कारबाही नभएसम्म यो आवाज दबिने छैन ।


प्रकाशित मिति: ७ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?