Trending
>>   सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने >>   अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको होः शेखर कोईराला >>   रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि >>   टर्की प्रहरीद्वारा विद्रोहमा संलग्न रहेको आरोपमा ९३ जना संदिग्ध पक्राउ >>   टर्किएद्वारा ६५६ अनियमित आप्रवासी, ५२ मानव तस्कर पक्राउ >>   टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतलाई ट्रम्पको आग्रह >>   रुसी हवाई क्षेत्रमा भएको घटनाप्रति पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी मागे >>   दक्षिण कोरियामा अवतरण गर्ने क्रममा विमान दुर्घटनाः २८ जनाको मृत्यु >>   स्वेज नहरमा यातायात बढाउन नयाँ लेनको परीक्षण सम्पन्न >>   पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
Logo
१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

खेलकुद


विराटनगर सिटी र लुका सकर विराट गोल्डकपको उपाधिका लागि भिड्दै

१६ चैत्र, विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् । सहिद रङ्गशालामा फाइनल खेल साँझ ६ः४५ बजे हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रोे पटक

एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

१५ चैत्र, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोलीे घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो । सो प्रतियोगिता आगामी वैशाख ५ देखि

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

१४ चैत्र, काठमाडाैँ । भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । फितलो प्रदर्शन गरेको नेपालले खेलको पहिलो हाफमा नै एक गोल खायो । खेलको

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

१४ चैत्र, पोखरा। गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पुर्याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद रु ५० हजारसहित सम्मान गरेको हो । प्रदेशका

ललितपुर मेयर कप : एपीएफ लिग चरणका खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश

१४ चैत्र, काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो । खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य

१४ चैत्र, काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्ससामु जितका लागि एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । ललितपुर मेयर्स अहिले जवाफी ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला

विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा

१४ चैत्र ,मोरङ। सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । खेलमा म्यान अफ दि म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भई नगद रु

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई विनोद चाैधरीले गरे सम्मान

१३ चैत्र, काठमाडाैँ । क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट —सुस्ता पश्चिम ) को बर्दघाटमा आज सम्मान गरिएको छ । बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान

ओलम्पिक छनोटको खेल नेपालमा हुने

१३ चैत्र, काठमाडाैँ । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले

सन्दीप लामिछानेविरूद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित

१३ चैत्र, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको । साेमबारका लागि काठमाडाैँ जिल्ला अदालतमा तोकिएको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको जानकारी दिइएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीप विरूद्धको मुद्दाको पेशी परेको थियो । यसअघि काठमाडाैँ

सम्वन्धित समाचारहरु