Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई


३ असार ,काठमाडौँ । नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ ।

लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

निधारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा सुरुआती अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा गोल खाएको थियो ।

गत जेठ २८ बाट सुरु भएको प्रतियोगिताको समापन सहारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, एन्फाकै वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्कालगायतले पुरस्कार प्रदान गरे ।

युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको सिन्धुकपको विजेता भगवतीले नगद रु दुई लाख र उपविजेता काभ्रेले नगद रु एक लाख पाएको छ ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?