Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने


३ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

जिम्बावेको हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल हो ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ । सन् २०१८ मा जिम्बावेमा आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भूर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?