Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नेपाललाई जितका लागि अमेरिकाले दियो २०८ रनको लक्ष्य


५ असार, काठमाडाैँ। जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले जितको लागि नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनायो ।

अमेरिकाका लागि सायन जहानगिरले सतकीय इनिङ्स खेखे । उनले ७९ बलमा १० चौका र तीन छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । यस्तै सुसान्त मोदानीले ४२, गजनन्द सिंहले २६, जेसि सिंहले १२ रन बनाए ।

बलिङमा नेपालका करण केसीले चार विकेट लिए । गुलसन झाले तीन, दीपन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट  लिए ।

यसअघि छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा बलर नचल्दा हार खेपेको नेपालले अमेरिकासँग बलिङमा सुधार गरेको हो ।

नेपाललाई अमेरिकाविरुद्ध जित निकाल्न ब्याटिङमा पनि राम्रो गर्नु पर्नेछ । अमेरिका आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?