Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नेपाललाई जितका लागि अमेरिकाले दियो २०८ रनको लक्ष्य


५ असार, काठमाडाैँ। जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले जितको लागि नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनायो ।

अमेरिकाका लागि सायन जहानगिरले सतकीय इनिङ्स खेखे । उनले ७९ बलमा १० चौका र तीन छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । यस्तै सुसान्त मोदानीले ४२, गजनन्द सिंहले २६, जेसि सिंहले १२ रन बनाए ।

बलिङमा नेपालका करण केसीले चार विकेट लिए । गुलसन झाले तीन, दीपन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट  लिए ।

यसअघि छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा बलर नचल्दा हार खेपेको नेपालले अमेरिकासँग बलिङमा सुधार गरेको हो ।

नेपाललाई अमेरिकाविरुद्ध जित निकाल्न ब्याटिङमा पनि राम्रो गर्नु पर्नेछ । अमेरिका आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?