Trending
>>   रातो सुनको खेतीमा रमाउँदै रवाण्डाका किसान >>   राष्ट्रिय टिभिइटी प्रदर्शनीमा रुवाण्डाका विद्यार्थीद्वारा नवप्रवर्तनहरू प्रदर्शन >>   ईद अल अधा उत्सवमा शोकमा डुब्यो दक्षिण लेबनान >>   आज मिति २०८२ साल जेठ २४ गते शनिबार ,हेर्नूहोस् आजको राशिफल >>   भिजिट भिसा प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’, सभामुख भन्छन् ‘‘संसदलाई दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग… >>   २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अघि बढ्छः प्रमुख सचेतक बर्तौला >>   थाइल्याण्डको राजालाई त जनक कै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा >>   ‘नेपाली स्टार्टअपको पहुँच र विदेशी मुद्रा आर्जन गर्न काठमाडौँमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्छ’ >>   सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैनः सांसद राई
Logo
२५ जेष्ठ २०८२, आईतवार
२५ जेष्ठ २०८२, आईतवार

खेलकुद


एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका उपाध्यक्ष दिवाकर घले, सचिव पारस खड्कालगायतले खेलाडी टोलीको बिदाइ गरेको छन् । । एसिया कपमा लागि

सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा

काठमाडौँ। सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अण्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् । उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन आज तोरणले राम्रो सुरुवात गरे ।

ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित

काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट विश्वकपमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराउदै पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो ।

माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने

काठमाडौँ । माघ १ देखि ५ गतेसम्म सिन्धुपाल्चोकको सुकुटेमा ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले जानकारी दिएको छन् । बीच भलिबल प्रतियोगिताको संयोजन नेपाल भलिबल

एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताएका छन् । सोमवार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । एनपिएलको चर्चा स्वदेशमा मात्र नभए विदेशमा समेत भइरहेको भन्दै एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा

महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न नेपाल क्रिकेट संघलाई निर्देशन दिएका छन् । सोमवार धरहरा परिसरमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको शुभकामना दिँदै आगामी दिनमा महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न पनि क्यानका पदाधिकारीहरुसँग आग्रह गएका छन्

एनपिएलको ट्रफी अनावरण (फोटो फिचर)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अनावरण गरिएको छ । सोमबार राजधानीको सुन्धारास्थित धरहराको प्रांगणमा आयोजित विशेष समारोहका बीच उक्त ट्रफी सार्वजनिक गरिएको हो । तस्बिरहरु :-    

सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४/२५ सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन सोमवारदेखि गोकर्ण गल्फ क्लवमा शुरु हुने भएको छ । नेपालका शिर्ष प्रोफेसनल र एमेच्योर गल्फरको प्रतिष्पर्धा गर्ने सूर्य नेपाल गल्फर टुरको २०२४/२५ सिजन सोमवारदेखि शुरु हुन लागेको हो । सूर्य नेपाल गल्फ टुरका कुल आठ प्रतियोगिता काठमाडौं, पोखरा र

डब्लुुएमएसी वेल्स खेल्दै सन्जित

काठमाडौँ। नेपाल उमा कुङफु सङ्घका नवनिर्वाचित अध्यक्ष रहेका सन्जित राईले युकेको साउथ वेल्समा भोलि हुने डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्न गत शुक्रबारका दिन युके प्रस्थान गरेका छन् । उनले प्रतियोगितामा चाइनिज क्रिएटिभ फम र चाइनिज ट्रेडिसनल फम गरी दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछन । यसअघि सन्जित राईले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शीरुपमा सञ्चालन गर्न माग गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज ती संस्थाका प्रतिनिधिले ओलम्पिक कमिटीले नैतिक प्रशासनको मापदण्ड पालना गर्न, परादर्शीता, समावेशीता र लोकतन्त्रलाई प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय दिशानिर्देशहरुसँग मिल्दोेजुल्दो गराई नेपाली खेलकुदको

सम्वन्धित समाचारहरु