Trending
>>   न्यायालयलाई सम्मान गर्छु – रवि लामिछाने >>   हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे >>   अमेरिकी डलर र युरो स्थिर ,हेर्नुहोस अन्य मुद्राको अवस्था यस्तो छ >>   आज मिति २०८१ साल पौष २६ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   के फुर्ती गर्छस तपाइले? >>   दुर्गा प्रसाई भन्छन-‘कसैलाइ बाँकी छाडिन्न !’ >>   ८४ दिन जेल बसेका रवी अब ‘मिसन ८४’ मा ! >>   रविपछि आजै छुटे दुर्गा प्रसाईं पनि ! >>   गगन थापाले दिए समवेदना >>   रवि छुटेपछि महेश बस्नेतकाे छटपटी सुरू !
Logo
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

खेलकुद


कर्णाली याक्स दोस्रो क्वालिफायरमा

काठमाडौँ। कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएका छन् । तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदानमा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र

सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल

काठमाडौँ । कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन् । सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच सहज नभएकाले रोक्नसक्छौं भन्ने लागेको बताएका हुन् । तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड

एनपिएलः पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ । तर सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गरे  । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको

एनपिएलः सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएका छन्  । जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्  । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो ।

तीन खेलमा जित नजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो– विराटनगरका प्रशिक्षक केभिन

काठमाडौँ । विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन् । काठमाडौं गुर्खाजसँग हार व्यहोर्दै एनपिएलको पहिलो सिजन यात्रा टुङ्गाएपछि प्रशिक्षक केभिनले कन्डिसनलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताएका हुन् । उनले कठिन परिस्थितिमा सही निर्णय

विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान होः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताएका छन्  । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् ।  उनले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताए ।  उनले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरु बढ्दै गएको बताए  । उनले 

स्वदेशी खेलाडीले राम्रो रन बनाउन नसक्दा दबाब भयो– पोखराका दिलीप नाथ

काठमाडौँ । पोखरा एभेन्जर्सका दिलिप नाथले घरेलु खेलाडीले राम्रो रन बनाउन नसक्दा नै टोली अहिले यो अवस्थामा आएको बताएका छन् । काठमाडौं गुर्खाजसँग पराजित भएपछि पोखराका ब्याटर दिलीपले कुनै स्वदेशी राम्रो ठूलो स्कोर बनाउन सकेको भए टोलीको आत्मविश्वास बढ्ने र यो स्थितिमा नहुने विश्वास व्यक्त गरेका हुन् । बिहानको कन्डिसनमा

एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गरे । यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेका छन् 

एनपिएलः पोखराद्वारा काठमाडौं सामु १३९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेका छन्  । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएका हुन्

एनपिएल : विराटनगरद्वारा चितवन सामु १८२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएका छन्  । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएका  हुन्  । विराटनगरका लागि बसिर अहमदले

सम्वन्धित समाचारहरु