Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी


दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी

काठमाडौँ । दिनेश खरेलको उत्कृष्ट बलिङमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लवले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।

वीरगञ्जमा मंगलवार भएको खेलमा पुलिसले कोशी प्रदेशमाथि ६ विकेटको सहज जित निकाल्दै जारी प्रतियोगितामा तेस्रो जित आत्मसात गरेको हो । पुलिसको जितमा दिनेशले पाँच विकेट दिलाए । पाँचौं खेलमा तेस्रो जितसँगै पुलिस अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । नारायणी क्रिकेट मैदानमा कोशीले एक सय ६३ रनको सामान्य लक्ष्य दियो । जवाफमा पुलिसले पुलिसले ३३.५ ओभरमा मात्र चार विकेट गुमाएर पूरा ग¥यो । ७.६ ओभरमा ११ रन जोड्दा पुलिसका चार ब्याटर आउट भए । यससँगै पुलिसले निकै खराब शुरुवात ग¥यो । ओपन दिनेश खरेल २ रनमा आउट भए । त्यसपछि तीन ब्याटर शंकर राना, अमित श्रेष्ठ र दिलसाद अलीले खाता नै खोल्न सकेनन् । तर पाँचौं विकेटका लागि कप्तान आरिफ शेख र रसिद खानले १५४ रनको बलियो साझेदारी गर्दै पुलिसलाई जित दिलाए । कप्तान आरिफ शेखले ८१ रनको अर्धशतकीय इनिङ खेले । ७९ बलको सामना गरेका आरिफले ११ चौका र १ छक्का प्रहार गरे । रसिदले ९० बलमा ८ चौका र १ छक्का हिर्काए । प्रधानमन्त्री कपको इतिहासमा पाँचौ विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो । यसअघि यो कीर्तिमान आर्मीका कुशल मल्ल र कप्तान विनोद भण्डारीको नाममा रहेको थियो । सन् २०२४ मा मधेस प्रदेशविरुद्ध पाँचौं विकेटका लागि कुशल र विनोदले १३२ रनको साझेदारी गरेका थिए । कोशीले पुलिसलाई शुरुवाती दबाबमा राख्यो । कोशीका विपिन महतोले दुई तथा दीपेश कँडेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४२.५ ओभरमा एक सय ६२ रनमा अलआउट भएको थियो । मध्यम शुरुवात पाएको कोशीका शीर्ष ब्याटर मात्र चल्न सके । कप्तान सुजन थपलियाले ४८ रन बनाए । सुजनले ४२ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय सुमन श्रेष्ठ ४३ र अंकित सुवेदी २६ रनमा आउट भए ।

मध्य क्रमका ब्याटर एकपछि अर्को आउट हुँदा कोशी कमजोर योगफलमा रोकिन पुग्यो । शिवांश बजगाईं १५ रनमा आउट भए । कोशीका सात ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पुलिसको बलिङमा दिनेश खरेलले पाँच विकेट लिए । कुल ७.५ ओभर बलिङ गरेका दिनेशले २१ रन खर्चिए । ललित राजवंशी र सागर ढकालको नाममा समान दुई विकेट रह्यो ।

जितसँगै ५ खेलबाट सात अंकका साथ पुलिस समान अंक भएको मधेसलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । कोशी भने पाँचौ खेलसम्म पनि जितविहीन छ ।


प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?