Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा


आगामी शुक्रवार काभ्रेपलाञ्चोकमा तय एनएनआइपिए स्पोट्र्स अवार्डको २०औं संस्करणको तयारी पूरा भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा आगामी चैत २० गते उक्त अवार्ड आयोजना हुँदैछ । पहिलोपल्ट उपत्यकाबाहिर अवार्ड हुन लागेकको अवार्ड बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिरमा सञ्चालन हुनेछ । खेलाडी संघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको तयारी पूरा भएको जानकारी दिएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध २६ खेल विधाका खेलाडी यस अवार्डमा पुरस्कृत हुँदैछन् । वर्ष २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने २६ खेल विधाका समान एक खेलाडी यो अवार्डबाट सम्मानित हुनेछन् । संघका महासचिव शिवसुन्दर गोथेले अवार्डको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसपल्ट पनि कार्यक्रम भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गरे । यस संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले देशका खेलाडीहरूलाई आफ्नो नगरभित्र स्वागत गर्न उत्साहित रहेको र अवार्ड आयोजनाका लागि तयार रहेको बताए । अवार्डमा २६ खेलका उत्कृष्टका साथै समान एक महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । खेलाडी संघले समान १÷१ जना पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व, एक जना पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार र पारा वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गर्नेछ । दुई जना सर्वोत्कृष्ट खेलाडी नगद एक लाख रुपैयाँ, वर्ष महिला र पुरुष प्रतिभाशाली खेलाडी समान ५० हजार, गजराज आदर्श खेल व्यक्तित्व र पत्रकारले ३५ हजार तथा पारा खेलाडी १५ हजार नगदसहित सम्मानित हुनेछन् । सम्बन्धित संघको सिफारिसका आधारमा २६ खेल विधाका खेलाडी सम्मानित हुने परम्परता रहेको छ । उनीहरूलाई भने १५ हजार रुपैयाँसहित सम्मान गरिने भएको छ । फुटबल, क्रिकेट, एथ्लेटिक्स, कराते, तेक्वान्दो, कबड्डी, भलिबल, बक्सिङ, जिम्नास्टिक, उसु, जुडो, आर्चरी, ह्यान्डबल, गल्फ, ब्याडमिन्टन, फेन्सिङ, पौडी, ट्रायथलन, कुस्ती, टेबल टेनिस, हक्की, स्की, क्यानोइङ, साइक्लिङ, तेक्वान्दो र लन टेनिसका खेलाडी सम्मानित हुनेछन् । खेलाडी संघले खेलाडीहरूको हकहित, संरक्षण तथा प्रोत्साहनका लागि यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गर्ने तयारी गरेको जनाएको छ । अवार्ड कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, कलाकारहरूको सहभागिता तथा खेल क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने संघका सचिव मन्डेकाजी श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ । आगामी शुक्रवार काभ्रेपलाञ्चोकमा तय एनएनआइपिए स्पोट्र्स अवार्डको २०औं संस्करणको तयारी पूरा भएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा आगामी चैत २० गते उक्त अवार्ड आयोजना हुँदैछ । पहिलोपल्ट उपत्यकाबाहिर अवार्ड हुन लागेकको अवार्ड बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिरमा सञ्चालन हुनेछ । खेलाडी संघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको तयारी पूरा भएको जानकारी दिएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध २६ खेल विधाका खेलाडी यस अवार्डमा पुरस्कृत हुँदैछन् । वर्ष २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने २६ खेल विधाका समान एक खेलाडी यो अवार्डबाट सम्मानित हुनेछन् । संघका महासचिव शिवसुन्दर गोथेले अवार्डको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसपल्ट पनि कार्यक्रम भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

यस संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले देशका खेलाडीहरूलाई आफ्नो नगरभित्र स्वागत गर्न उत्साहित रहेको र अवार्ड आयोजनाका लागि तयार रहेको बताए । अवार्डमा २६ खेलका उत्कृष्टका साथै समान एक महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । खेलाडी संघले समान १/१ जना पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व, एक जना पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार र पारा वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गर्नेछ । दुई जना सर्वोत्कृष्ट खेलाडी नगद एक लाख रुपैयाँ, वर्ष महिला र पुरुष प्रतिभाशाली खेलाडी समान ५० हजार, गजराज आदर्श खेल व्यक्तित्व र पत्रकारले ३५ हजार तथा पारा खेलाडी १५ हजार नगदसहित सम्मानित हुनेछन् ।

सम्बन्धित संघको सिफारिसका आधारमा २६ खेल विधाका खेलाडी सम्मानित हुने परम्परता रहेको छ । उनीहरूलाई भने १५ हजार रुपैयाँसहित सम्मान गरिने भएको छ । फुटबल, क्रिकेट, एथ्लेटिक्स, कराते, तेक्वान्दो, कबड्डी, भलिबल, बक्सिङ, जिम्नास्टिक, उसु, जुडो, आर्चरी, ह्यान्डबल, गल्फ, ब्याडमिन्टन, फेन्सिङ, पौडी, ट्रायथलन, कुस्ती, टेबल टेनिस, हक्की, स्की, क्यानोइङ, साइक्लिङ, तेक्वान्दो र लन टेनिसका खेलाडी सम्मानित हुनेछन् । खेलाडी संघले खेलाडीहरूको हकहित, संरक्षण तथा प्रोत्साहनका लागि यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गर्ने तयारी गरेको जनाएको छ । अवार्ड कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, कलाकारहरूको सहभागिता तथा खेल क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने संघका सचिव मन्डेकाजी श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?