Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्नः साविक विजेता निरजलाई उपाधि


साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि हो । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंकबहादुर कार्कीलाई ३÷२ ले हराउँदै उपाधि जितेका हुन् । जारी सिजनको दोस्रो उपाधि जितेका निरजले नगद १ लाख प्राप्त गरे । रोयल नेपाल गल्फ क्लवमा भएको ३६ होलको फाइनलमा कुनैपनि समय टंकले निरजलाई उछिन्न सकेनन् । नवौं होलको समाप्तीमा निरजले २ होलको अग्रता बनाएका थिए । १८ औं होल सकिंदा भने ५ होलको स्पष्ट अग्रता बनाए । यसपछि २० औं होल टंकले जित्दै अग्रता ४ होलमा झारे। तर २२ औं होलमा इगल प्रहार गर्दै निरजले पुनः ५ होलको अग्रता बनाए । ५–० ले पछि परेका टंकले २३औं, २४ औं र २५ औं होल जित्दै अग्रता २ होलमा घटाए । यसपछि ३३ औं होल निरजले जिते भने ३४ औं होल बराबरीमा सकिंदा २ होल अगाडि निरजले ३÷२ को जितका साथ उपाधि रक्षा गरे । टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्न चुके । टंकले ७५ हजार हात पारे । छेटौं वरियताका रवि खड्का तेस्रो भए । उनले चौथो वरियताका सञ्जय लामालाई ३÷१ ले हराए । तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्राण्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लवका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे । तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिष्पर्धा गरेका थिए । कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो । क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापती र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे । पहिलो चरणबाट बाहिरिएका सूर्यप्रसाद शर्मा, भूवनकुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धनबहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे ।

काठमाडौँ । साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् ।

उनको यो करियरको पाँचौं उपाधि हो । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंकबहादुर कार्कीलाई ३/२ ले हराउँदै उपाधि जितेका हुन् । जारी सिजनको दोस्रो उपाधि जितेका निरजले नगद १ लाख प्राप्त गरे । रोयल नेपाल गल्फ क्लवमा भएको ३६ होलको फाइनलमा कुनैपनि समय टंकले निरजलाई उछिन्न सकेनन् । नवौं होलको समाप्तीमा निरजले २ होलको अग्रता बनाएका थिए । १८ औं होल सकिंदा भने ५ होलको स्पष्ट अग्रता बनाए । यसपछि २० औं होल टंकले जित्दै अग्रता ४ होलमा झारे। तर २२ औं होलमा इगल प्रहार गर्दै निरजले पुनः ५ होलको अग्रता बनाए ।

५/० ले पछि परेका टंकले २३औं, २४ औं र २५ औं होल जित्दै अग्रता २ होलमा घटाए । यसपछि ३३ औं होल निरजले जिते भने ३४ औं होल बराबरीमा सकिंदा २ होल अगाडि निरजले ३/२ को जितका साथ उपाधि रक्षा गरे ।

टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्न चुके । टंकले ७५ हजार हात पारे । छेटौं वरियताका रवि खड्का तेस्रो भए । उनले चौथो वरियताका सञ्जय लामालाई ३/१ ले हराए । तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्राण्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लवका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे । तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिष्पर्धा गरेका थिए । कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो ।

क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापती र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे । पहिलो चरणबाट बाहिरिएका सूर्यप्रसाद शर्मा, भूवनकुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धनबहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे ।


प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?