Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने


तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने

काठमाडौँ । तीन चरणको सिरिजसहित नेपाल रन पाँच किलोमिटर च्यालेन्ज २०२६ आगामी वैशाख २६ गते भक्तपुरमा हुने भएको छ ।

एथलेटिक्स परिवार नेपालले चाँगुनारायण नगरपालिकाको सहकार्यमा कुल ६ विधामा प्रतियोगिता नेपाल रन च्यालेन्ज हुने भएको हो । पहिलो प्रतियोगिता भएको दुई महिनाको अन्तरमा सिरिज हुने भएको छ । एथलेटिक्स परिवार नेपालले बुधवार पत्रकार सम्मेलनमा आयोजना गर्दै नेपाल रन पाँच किलोमिटर च्यालेन्जबारे जानकारी दिएको हो । श्रृंखलाबद्ध (तीन प्रतियोगिता) रूपमा सञ्चालन हुने यस प्रतियोगितामा खेलाडीहरूले प्रत्येक चरणमा अंक प्राप्त गर्नेछन् । अन्तिम ‘ग्राण्ड’ प्रतिष्पर्धामा उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टेखोला चोक, घट्टेखोला, पनौती टोल, कुण्डलटार चोक हुँदै पुनः नगरपालिका परिसरमै समाप्त हुनेछ । प्रतियोगितामा खुला महिला तथा पुरुष, ४५ वर्षमाथिका पुरुष भेट्रान, ३५ वर्षमाथिका महिला भेट्रान र १८ वर्षमुनिका महिला र पुरुष गरी ६ विधामा प्रतिष्पर्धा हुनेछ । खुला तथा भेट्रानतर्फ पाँच किलोमिटर र युवामा तीन किलोमिटर दूरीमा दौड हुनेछ । प्रतियोगितामा करिब दुई सय ५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । खुला महिला तथा पुरुष ५ किलोमिटरतर्फ पहिलोले १२ हजार, दोस्रोले आठ हजार, तेस्रोले चार हजार, चौथोले दुई हजार र पाँचौंले १ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही एक हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, ४५ वर्षमाथिका पुरुष भेट्रानतर्फ प्रथमले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ३ हजार, चौथोले दुई हजार र पाँचौँले एक हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् भने छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही एक हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

१८ वर्षमुनिका ३ किलोमिटर दौडतर्फ प्रथम हुनेले ६ हजार, दोस्रोले ४ हजार, तेस्रोले तीन हजार, चौथोले दुई हजार र पाँचौँले एक हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही १ हजार रुपैयाँ दिइने आयोजनकले उल्लेख ग¥यो । ३५ वर्षमाथिका महिला भेट्रानतर्फ पहिलोले सात हजार, दोस्रोले ४ हजार, तेस्रोले २ हजार, चौथोले १ हजार ५ सय र पाँचौँले १ हजार २ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको अनुमानित बजेट सात लाख ६६ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ। विजेताहरूले पदक पनि पाउनेछन् । एथलेटिक्स खेलप्रति जनचासो बढाउने, नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने र खेलाडीहरूको क्षमताविकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।


प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?