Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटघाटमा उनले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी स्वायत्त बनाउनुपर्ने प्रश्ताव अघि सारेका छन् । सांसद लामिछानेले मानिसको जन्मदेखि नै खेलकुदका क्रियाकलाप शुरु हुने भन्दै शिक्षाभन्दा खेलकुदलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । खेलकुद मन्त्रालयलाई छुट्टै अस्तित्वमा ल्याउन आफूले प्रधानमन्त्री र पार्टी सभापतिसँग विशेष पहल गर्ने उनले प्रतिवद्धता समेत जनाएका छन् । आफ्नो अध्ययनका क्रममा दक्षिण कोरियाको अनुभव सुनाउँदै लामिछानेले नेपालमा सरकारी स्तरको स्वायत्त खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । सातदोबाटोमा रहेको नेपाल खेल विज्ञान प्रतिष्ठानलाई अझ बढी वैज्ञानिक र अनुसन्धानमुखी बनाउनुपर्ने उनको भनाइ छ । खेलकुदलाई केवल मनोरञ्जनको रूपमा मात्र नहेरी यसलाई वैज्ञानिक पद्धतिबाट अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भने, ‘मानिसले जन्मिएपछि पहिला खेलकुदका क्रियाकलाप गर्छ, त्यसपछि मात्र औपचारिक शिक्षा लिन्छ । त्यसैले शिक्षापछि खेलकुद होइन, खेलकुदपछि शिक्षा हुनुपर्छ ।  मैले दक्षिण कोरियाको योङ्गीन विश्वविद्यालयमा पीएचडी गर्दा देखेँ, एउटै विश्वविद्यालयले एशियाली खेलकुदमा २८ वटा पदक जित्दा मेरो देशको नाममा एउटा मात्र पदक थियो । जबसम्म हामी छुट्टै खेलकुद विश्वविद्यालय बनाउन सक्दैनौँ, तबसम्म खेलकुदको विकासले गति लिन सक्दैन ।’

राजनीतिमा होमिएपछि खेलकुद क्षेत्रसँग केही समय ग्याप भएपनि आफ्नो मन सधैँ खेलकुदमै रहेको बताउँदै उहाँले खेलाडीहरूको प्रदर्शन गर्ने कुरामा राज्यले कुनै कसर बाँकी राख्न नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग मिलेर आगामी दिनमा खेलकुदको स्तर उकास्न आफू निरन्तर लागिपर्ने उनले विश्वास दिलाएका छन् । लामो समय खेलकुद विज्ञ र सहकर्मीको रूपमा काम गर्नुभएका लामिछानेले खेलकुद ओझेलमा पर्ने डर सधैँ रहने गरेको भन्दै यस क्षेत्रको उत्थानका लागि सबै खेलकर्मीहरू एकजुट हुनुपर्ने आह्वान समेत गरेका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?