Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार अञ्जन विष्टको ट्रेनिङ सेन्टरले आयोजना गरेको बुट क्याम्पमा जुनियर फुटबलर उत्साहित भएका छन् ।

ललितपुरको बुद्धविकास फुटबल मैदानमा भएको १० दिने बुट क्याम्पमा करिव ७२ जना बालबालिका प्रशिक्षण गरिररहेका छन् । ८ देखि १६ वर्षको बालबालिकालाई लक्षित गरेर उनीहरूको कौशलतामा वृद्धि गर्ने उद्देश्यले यो क्याम्प आयोजना भइरहेको छ । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता(१३) को सूचीमा रहेका तीन खेलाडी मध्ये एक अञ्जन करिब १२ वर्षदेखि राष्ट्रिय जर्सीमा देखिँदै आएका छन् । उनले नै स्थापना गर्न लागेको अञ्जन विष्ट ट्रेनिङ सेन्टरले उक्त बुट क्याम्प सञ्चालन गरिरहेको छ । नेपालका स्ट्राइकर अञ्जन विष्टले १० दिनको नेक्स्ट जेन बुट क्याम्प सकारात्मक रूपमा अघि बढेको र यहाँबाट धेरै पक्ष सिक्ने पाएको विश्वास व्यक्त गरेका छन् । यसैगरी नेपाली फुटबलमा योगदान गर्दै जाने उनको विश्वास छ ।

पहिलो दिनदेखि १० दिनसम्मका लागि पूर्ण योजनासहित क्याम्पमा प्रशिक्षण हुने उनी बताउँछन् । यसैले पनि यहाँबाट बालबालिकाले धेरै पक्ष सिक्ने पाउने अञ्जनको विश्वास छ । हरेक दिन के नयाँ गर्न सकिन्छ भनेर काम गरिरहेको उनी बताउँछन् । व्यक्तिगत रूपमा पनि बालबालिकासँग आफूले कुराकार्नी गरिरहेको र चार दिनसम्म सकारात्मक प्रतिक्रिया आएकाले निकै उत्साहित भएको अन्जन बताउँछन् । सिकिरहेको प्रशिक्षण प्रभावकारी छ की छैन ? के पक्षमा सुधार आवश्यक देखिन्छ जस्ता पक्षमा जुनियर फुटबलरसँग सोध्ने गरेको अञ्जनले उल्लेख गरेका छन् । अविभावकबाट राम्रो प्रतिक्रिया आइरहेको र आगामी यात्रा बारे प्रश्न आउने गरेको अञ्जनले बताएका छन् ।

उनले अबको एक महिनामा नै एकेडेमी निर्माण बताए । यसको सञ्चालनका लागि चुनौती रहेकोमा उनी स्विकार गर्छन् । आँट र शाहस बोकेर अघि बढ्न सके एकदिन आफ्नो कामले सार्थकता पाउनेमा अञ्जन विश्वस्त देखिएका छन् । नेपाली फुटबल सकिसक्यो भन्ने होहल्ला सुनिए पनि खेलाडीको रूपमा आफूहरूले पनि केही गर्नुपर्ने उनले औंल्याएका छन् । यो १० दिने क्याम्पमा जुनियर फुटबलरलाई कडा मिहिनेत र समर्पणबारे सिकाउने उनी बताउँछन् ।

अञ्जन विष्टले भने,” बट क्याम्पमा सहभागी बालबालिकाकाको अविभावक तथा शाहस स्पोर्ट्सका निर्देशन जनक न्यौपानेले बिदाको समयमा बालबालिकाहरू अनाश्यक काम लाग्न सक्ने भएकाले बुट क्याम्पमा सहभागी गराएको बताए । अञ्जन बिष्टले क्याम्प गर्न लागेपछि केही सिक्न पाउने आशासहित प्रशिक्षणमा सहभागी भएको न्यौपाने बताउँछन् । यो क्याम्प सकिएपछि के गर्न सकिन्छ भन्ने बारे पनि निर्धारण हुन आवश्यक रहेको उनको भनाइ छ ।”

जनक न्यौपानेले भने ,”बुट क्याम्पमा सहभागी एक जुनियर फुटबलर सौजन न्यौपानेले ड्रिब्लिङ, गेम ट्रेनिङ र पासिङ जस्ता पक्ष सिकेको बताए । यो क्याम्पबाट सुधार आएको उल्लेख गर्दै उनले राष्ट्रिय टोलीमा पुग्ने लक्ष्य रहेको बताए । यस क्याम्पमा आधारभूत प्रशिक्षणदेखि खेलाडीको खेल कौशलअनुरूप खेल अनुशासन, मेहनत, धैर्यता जस्ता फुटबलका पक्षमा प्रशिक्षण भइरहेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?