२४ जेष्ठ ,काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिङ्गापुरमा सुरु भएको १८औँ हेड अफ नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) सम्मेलनका
२४ जेठ, एजेन्सी । भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप लगाएका छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपाका प्रवक्ता एनभी सुभाषले बताएका छन्
२४ जेठ, एजेन्सी । विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभाागी भएका छन् । चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ । उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलव्धि
२४ जेठ, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । उनलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति
२४ जेठ, एजेन्सी । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो । चिनियाँ मध्यस्थतामा तेहरान र रियादबीच भएको पछिल्लो सम्झौताअन्तर्गत वर्षौंदेखिको द्वन्द्व अन्त्य गर्न सहमत भएको केही महिनापछि
२४ जेठ, एजेन्सी । भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण भएको छ । निर्धारित समयमा इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार सानफ्रान्सिस्कोतर्फ उडेको विमानको एउटा इन्जिनमा प्राविधिक
२४ जेठ, एजेन्सी । अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो । भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले
२४ जेठ, एजेन्सी । अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पु¥याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको
२४ जेठ, एजेन्सी । उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ । एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म रु १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ । दक्षिण पूर्वी
२३ जेठ, एजेन्सी । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार “फैजाबाद शहरमा भएको विस्फोमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु